काठमाडौं - पछिल्लो समय देशमा कोरोना संक्रमण बढेर गएको छ । यसै अवस्थालाई मध्यनजर गर्दै सीसीएमसीले विद्यालयमा पठनपाठन बन्द गराउने सिफारिस मन्त्रिपरिषदमा पठाएको थियो । 

तर, निजी विद्यालय सञ्चालकले उक्त निर्णयप्रति आपत्ति जनाउँदै विज्ञप्ति नै निकालेका छन् । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्ने निर्णय गर्न आग्रह गरेको छ ।