‘मिस नेपाल-२०२५’ को उपाधि लुना लुँइटेललाई
खबर एक्सप्रेस
२०८२-०५-१४ ०६:४६ मा प्रकाशित
Total Shares: 57
काठमाडौं - लुना लुँइटेलले ‘मिस नेपाल-२०२५’ को उपाधि हात पारेकी छन् ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले ललितपुरमा रहेको सनराइज कन्भेन्सन सेन्टरमा शनिबार आयोजित फिनालेमा यस वर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइ दिएकी हुन्।
काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले र सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भएका थिए ।
फेसबुक पेज Like गर्नुहोस