काठमाडौं - २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय-कक्षा १० ले एसईईको नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।