चितवन - सञ्चारकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागी पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवाराज कंडेल र अस्मिता उर्फ रुकु कार्कीलाई आइतबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।

पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धानका लागी पक्राउ परेका उनीहरु लाई गत सोमबार दोस्रोपल्ट पुनः पाँच दिन हिरासतमै राखी अनुसन्धान गर्न जिल्ला अदालत चितवनले दिएको म्याद सकिए लगत्तै आज आइतबार अदालतमा पेस गरिएको हो ।

प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्ने छ । अनुसन्धान नसकिएको खण्डमा म्याद थपका लागि र अनुसन्धान सकिएको खण्डमा मुद्धा दर्ता भएर थप कानुनी प्रकृयालाई अघि बढाउने चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।