आफ्नो निर्वाचन क्षेत्रमा सडक बनाउन माग गर्दै धर्नामा बसे गगन थापा
काठमाडौैं - नेपाली कांग्रेसका सांसद गगन थापा तत्काल सडक निर्माण गर्न भन्दै सडकमा आएका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँका ४ का स्थानीयबासीसँगै पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका हुन् ।
ठेक्का लागेको ९ वर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा उक्त निर्वाचन क्षेत्रका जनताले धर्ना दिएका हुन् ।
उनको निर्वाचन क्षेत्र कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छ । तर ठेक्का लागेको लामो समय भइसक्दा पनि सम्पन्न भएको छैन ।
पटकपटक ताकेता गर्दा पनि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले काम सकेका छैन । तर सडक विभागले फेरि म्याद थप गरेपछि सांसद थापाको नेतृत्वमा उपभोक्ता र स्थानीय सरोकारवालाले सडक विभागमा धर्ना दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस