काठमाडौं - स्वास्थ्य उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली भोली स्वदेश फर्कने भएका छन् ।

भदौ ५ गते देखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा मृगौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया आज टुंगिने उनको सचिवालयले जनाएको छ ।

उनको ‘प्लाज्माफेरेरिस’ उपचारको शृंखला बुधबार सकिएको छ ।

उनको रगत जाँचलगायतको रिपोर्ट आज आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिएका छन्र । चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली भोलि १२ः३० बजे स्वदेश फर्किने तयारी रहेको अर्यालले बताए ।

प्रधानमन्त्री ओलीलाई भेट्नका लागि अहिले नेकपाका उपाध्यक्ष बामदेव गौतम र सोही पार्टीका महासचिव विष्णु पौडेल पनि सिंगापुरमै छन् ।