एनसेल प्रकरण - आदेश खारेज गर्न विप्लवको चेतावनी
खबर एक्सप्रेस
२०७६-०५-१५ ११:०० मा प्रकाशित
Total Shares: 895
काठमाडौं - प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सर्वोच्च अदालतले सरकारको इशारामा एनसेल कर असुलीबारे आदेश दिएको आरोप लगाएको छ ।
सर्वोच्च अदालतले गरेको आदेश खारेज गर्न चेतावनी दिँदै नेकपाले सरकारकै इशारामा अदालतले एनसेलबाट १८ अर्ब कर असुल्न नपर्ने राष्ट्रघाति निर्णय गरेको आरोप लगाएको छ ।
पार्टीले अदालतको यो आदेशका विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
जस अन्तगर्त भदौ १७ गते न्यायाधीसहरुको पुत्ला दहन, १९ गते देशभर मसाल जुलुस, २१ गते एनसेल कार्यालयहरुमा विरोध प्रदर्शन, २३ गते एनसेल कार्यालयमा तालाबन्दी र २६ गते भ्रष्टाचारीहरुको पुत्लामा कालोमोसो तल्ने कार्यक्रम तय गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस