चट्याङले बालिकाको मृत्यु, आमा अचेत
खबर एक्सप्रेस
२०७६-०५-०७ ११:०० मा प्रकाशित
Total Shares: 549
बाजुरा - बुढीगङ्गा नगरपालिका–१० बधेडामा राति १ बजे चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका लली सार्कीकी दुई वर्षीया छोरी सिरिया सार्की रहेको स्थानीय रमेश सार्कीले बताइन्।
लाल सार्कीको घरमा परेको चट्याङको आवाजले बेहोस भएर बालिकाको मृत्यु भएको सार्कीको भनाइ रहेको छ। मृतक बालिकाकी आमा दीला सार्कीको अवस्था भने अचेत रहेको बताइएको छ।
मृतक बालिकाका बुबा नोकरीको सिलसिलामा भारतमा रहेका छन्। चट्याङले स्थानीय लालबहादुर सार्कीको घरमा क्षति पुगेको छ। क्षतिको यथार्थ विवरण लिन इलाका प्रहरी चौकी टाँटेको टोली घटनास्थलमा गइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस