काठमाडौं - काठमाडौं महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूले जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने बताएको छ ।

आइतबार एक महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वार हस्ताक्षरिक एक सूचनामा २० गतेभित्र वार्षीक परीक्षा सक्नुपर्ने उल्लेख छ ।

महानगरको शिक्षा विभागको निर्देशन अनुसार अनलाइन/अफलाइन/टेलिफोन/इमेलबाट प्रश्न पठाएरलगायत विद्यालय अनुकूल हुने गरी परीक्षा गर्न महानगरले भनेको छ। जेठ २० भित्र परीक्षा सकेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गरी असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।