जनकपुरधाम - धुनषामा चाउचाउ खाएर सुतेकी एक बालिकाको मृत्यु भएको छ । आमा र छोरी बिरामी भएका छन् । धनुषाधाम नगरपालिका ३ मा भएको उक्त घटनामा ६ वर्षीया बालिका काजल शाहको शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भउको हो । उनी चाउचाउ खाएर सुतेको बताइएको छ ।

काजलसँगै चाउचाउ खाएर सुतेकी बालिकाकी आमा र चार वर्षीय भाई राकेश पनि सिकिस्त बिरामी परेका छन् । दुवैजनाको उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक सुमन थापाका अनुसार घटनाका विषयमा अनुसन्धान भइरहेको छ । शुक्रबार बेलुका उनीहरु चाउचाउ खाएर सुतेका थिए । परिवारका सदस्यले चाउचाउ खाएरै घटना भएको दाबी गरेका बेला पोष्टमार्टम रिपोर्टपछि मात्रै सत्य खुल्ने प्रहरी निरीक्षक थापाले बताए ।