काठमाडौं - २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यसैगरी जगदम्बा श्री पुरस्कार प्रमेदेव गिरीलाई दिने निर्णय भएको छ । मदन पुरस्कार गुठीले एक वक्तव्य जारी गर्दै काविमो र गिरीलाई पुरस्कार र सम्मान प्रदान गर्ने बताएको हो । आज बसेको मदन पुरस्कार गुठीको बैठकले लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा गिरीलाई सम्मान प्रदान गर्ने भएको हो ।