जिवछ मण्डल पुनः विद्युत विकास विभागको महानिर्देशकमा नियुक्त, ऊर्जा क्षेत्रमा स्थायित्व र गति आउने अपेक्षा
काठमाडौं-नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागको महानिर्देशकमा जिवछ मण्डल पुनः नियुक्त भएका छन्। यो उनको दोस्रो कार्यकाल हो, जसले विभागमा निरन्तरता, स्थायित्व र कार्यगत गति थप्ने विश्वास गरिएको छ।
विद्युत तथा जलस्रोत क्षेत्रको लामो अनुभव, प्राविधिक दक्षता र नेतृत्व क्षमता बोकेका मण्डल यसअघि पनि विभागको नेतृत्वमा रहेर महत्वपूर्ण योजना कार्यान्वयनमा भूमिका खेलिसकेका छन्।
विशेषतः जलविद्युत परियोजनाहरूको सहजीकरण, निजी क्षेत्रको सहभागिता विस्तार, तथा विद्युत पूर्वाधार निर्माणमा पारदर्शिता र प्रभावकारिता अभिवृद्धि गर्न उनका योगदानहरू स्मरणीय छन्।
उनको पुनः आगमनसँगै विभागभित्रको कार्यसम्पादनमा निरन्तरता, मन्त्रालय तथा सरोकारवाला निकायहरूसँगको समन्वयमा सुधार, र दीर्घकालीन रणनीतिक योजनाहरूमा गतिशीलता आउने अपेक्षा गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस