स्याङ्जा - पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आइरहेको जीप बुधवार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिका बजार नजिकै विपिसीको उकालोमा दुर्घटना हुदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रम्घा हुगीकी ५५ बर्षीया खनीमाया नेपाली, सोही ठाँउकै ३४ बर्षीया मन्जु भण्डारी गैरे र ९ महिने बालक वालिङ १३ का प्रशन्न परियारको मृत्यु भएको हो ।

गैरे र नेपालीको उपचारका क्रममा मृत्यु भएको हो भने बालकको घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये २२ जनाको पाल्पा स्थित मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ४ जनाको गल्याङ् स्थित अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।