काठमाडौं - सरकारले मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालनमा ल्याउने भएको छ।

सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। विज्ञान प्रविधि र नवप्रवर्द्धन परिषद् गठन गरिने र मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय आगामी वर्षभित्र सञ्चालनमा ल्याइने अर्थमन्त्री पौडेलले बताए।