काठमाडौं - सरकारले शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले  पछिल्लो समय मुलुकमा बढ्दो कोरोना भाइरस महमारीको जोखिमलाई मध्यनजर गर्दै शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले कोरोनबाट प्रभावित शहरी क्षेत्रका विद्यालयहरू वैशाख मसान्तसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । अब  अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय पनि भएकाे छ । 

त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल,पार्टी प्यालेस,जिमखाना,रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।