घुम्ती बीमाले आम नेपालीको बीमा आवश्यकतालाई सम्बोधन गर्छ : नायब महाप्रबन्धक पाण्डे
काठमाडौं - नेपाल इन्स्योरेन्सका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले घुम्ती बीमाले आम नेपालीको बीमा आवश्यकतालाई सम्बोधन बताएका छन् ।
घुम्ती बीमा आजको आवश्यकता भएको भन्दै नायब महाप्रबन्धक पाण्डेले भने बीमा समितिबाट निर्देशन भएको घुम्ती बीमा सेवाले आम नेपालीको बीमा आवश्यकतालाई सम्बोधन गर्ने कुरामा कुनै दुईमत छैन् । नेपाल र नेपालीलाई सुहाउँदो मौलिक कार्यक्रम भएकाले आम जनताले यसबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने छन् ।
बीमालाई मनोरञ्जनात्मक तरीकाले ग्राहकमुखी हुँदै प्रत्यक्ष सम्पर्कमा आउने एउटा गतिलो माध्यम घुम्ती बीमा भएको भन्दै यसबाट बीमाको पहुँच, बीमाको दायरा, बीमाको सेवा र बीमाको जनचेतना अभिवृद्धि भइ हाल कायम रहेको करिब २० प्रतिशत बीमा पहुँच बृद्धि हुने र सबैका लागि बीमा सम्भव हुनेछ भन्दै यो कार्यक्रमलाई नेपाल सरकार बीमा समिति बीमक संघ सबै बीमा कम्पनी र बीमासँग सम्बन्धित सम्पूर्ण पक्षहरुको साझा कार्यक्रमका रुपमा आत्मासाथ गदैै अगाडि बढाएकाले बीमाको विकास निश्चित भएको बताए।
कुराकानीमा आधारित
फेसबुक पेज Like गर्नुहोस