काठमाडौैं - बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ हजारले बढ्दै ७६ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

बुधबार तेजावी सुनको मूल्य पनि बढेको छ । आज प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, चाँदीको भाउ पनि आज प्रतितोला २० रुपैयाँले बढ्दै ९ सय २० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।