एजेन्सी - घानामा भएको एक सैन्य हेलिकोप्टर दुर्घटनामा दुई मन्त्रीसहित आठ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा रक्षा मन्त्री एडवर्ड ओमाने बोआमाह र पर्यावरण, विज्ञान र प्रविधिमन्त्री इब्राहिम मुर्तला मुहम्मद छन् । यसमा अन्य तीन सरकारी अधिकारी र तीन वायुसेना कर्मचारी पनि थिए ।

घाना सशस्त्र बलका अनुसार, जेड–९ हेलिकोप्टर बुधबार बिहान राजधानी अकाराबाट ओबुआसीका लागि उडेकोमा रडारसँग सम्पर्क टुटेको थियो ।

घाना सरकारले शोक व्यक्त गरेका छ । राष्ट्रपति जोन माहामाका चिफ अफ स्टाफ जुलियस डेबराहले यो दुर्घटना देशको अशान्त दक्षिणी क्षेत्रमा भएको बताए ।