सुनको भाउ घट्यो, आज कति छ मूल्य ?
खबर एक्सप्रेस
२०७६-०५-१९ ११:०० मा प्रकाशित
Total Shares: 799
काठमाडौं – नेपाली बजारमा विहिवार सुनको भाउ घटेको छ ।
विहिवार छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, विहिवार तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार, विहिवार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस