काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन साहले माइतीघर मण्डलामा आन्दोलनरत शिक्षकलाई धन्यवाद दिएका छन्।

आन्दोलनका क्रममा शिक्षकहरूले फोहोर नगरेको र केही नभत्काएको भन्दै बालेनले धन्यवाद दिएका हुन्।

उनले आफूहरूले जरिवाना नखोजेको चेतना खोजेको उल्लेख गर्दै यो शिक्षा विद्यार्थीहरूलाई दिन आग्रह गरेका छन्।