पत्रकार ओम हमाल पक्राउ
कास्की - पोखराबाट पत्रकार ओम हमाल पक्राउ परेका छन् । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट उनलाई कास्की प्रहरीले पोखराको सिसुवाबाट पक्राउ गरेको हो ।
उनी नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा जनसंचार डटकमका सम्पादक पनि हुन्। पत्रकारिता जगतमा लामो समयदेखि सक्रिय उनी विप्लवनिकट जनपत्रकार पत्रकार संगठनका केन्द्रीय सदस्य तथा गण्डकी-धौलागिरिका संयोजक हुन्।
पत्रकार महासंघ कास्की जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले हमालको पक्राउ प्रकरणप्रति खेद ब्यक्त गर्दै पत्रकार हमालको निशर्त र यथाशीघ्र रिहाइको माग गरेको छ। यसैबीच जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गिरफ्तार पत्रकार हमालको तुरुन्त रिहाइको माग गरेका छन्।
फेसबुक पेज Like गर्नुहोस