रवि लामिछानेविरुद्ध अभियोग पत्र दायर गर्दै सरकारी वकिल
काठमाडौं - पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका रवि लामिछानेविरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार आइतबार ११ बजे अदालतमा मिसिल पेश गर्ने तयारी भएको छ । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगे भोलिदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ ।
बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने जिल्ला अदालतका एक न्यायधीशले जानकारी दिए ।
साउत २० गते नारायणगढस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि बनाएको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।
त्यसैको अनुसन्धानको लागि भन्दै प्रहरीले गत हप्ता लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेल र 'रुकु' भनिने अस्मिता कार्कीलाई पक्राउ गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस