भीमफेदीमा सुमो दुर्घटना, एक शिशुसहित ३ जनाको मृत्यु, आठ गम्भीर घाइते
खबर एक्सप्रेस
२०७६-०५-२० ११:०० मा प्रकाशित
Total Shares: 914
काठमाडौं - मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुडिखेलमा शुक्रबार दिउँसो सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।
सर्लाहीबाट काठमाडौंका लागि छुटेको ना१ज ३६४० नम्बरको सुमो हेटौँडा-कुलेखानी सडकखण्डमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा १० महिनाकी साम्राज्ञी माझी, ७० वर्षीय वीरसिंह वाइबा र ६० वर्षीय महेन्द्र सहनी रहेका छन्। घाइतेहरूको अहिले हेटौँडा अस्पताल हेटौँडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुमोको टायर फुस्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। टायर फुस्किँदा सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो।
फेसबुक पेज Like गर्नुहोस