चालक अनुमतिपत्रका नक्कली परीक्षार्थी पक्राउ
खबर एक्सप्रेस
२०७६-०९-१८ ११:०० मा प्रकाशित
Total Shares: 300
काठमाडौं - सवारी चालक अनुमतिपत्रको लागि लिइने प्रयोगात्मक परीक्षामा सहभागी दुई नक्कली प्ररीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको सुकेधारास्थित नक्कली नेपाली नागरिकता बनाइ फरक व्यक्तिले ट्रायल परीक्षा दिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुरका मानबहादुर ब्लोन र ललितपुर सात दोबाटोका सरोज शाही रहेको महाशाखाले जनाएको छ।
उनीहरुबाट अर्काको फोटो टाँसेर प्रयोग गरिएको नागरिकता, यातायात व्यवस्था विभागबाट परीक्षकका लागि दिइएको निवेदन बरामद गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस