बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ
खबर एक्सप्रेस
२०७६-०४-२७ ११:०० मा प्रकाशित
Total Shares: 759
काठमाडौ - ११ वर्षीया बालिका बलात्कारको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।
पीडितको उजुरीको आधारमा काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् । उनी महानगरपालिकाको कुचीकार प्रमुख हुन् ।
उनलाई आइतबार अनामनगरबाट पक्राउ गरेर महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि जबर्जस्ती करणी गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस