एसिड आक्रमणमा परेकी युवतीलाई काठमाडौं रिफर
काठमाडौं - एसिड आक्रमणमा परेकी वीरगञ्ज महानगरपालिका–३ कि १५ वर्षीया किशोरीलाई उपचारका लागि काठमाडौं रिफर गरिएको छ । एसिड प्रहारबाट घाइते भएकी बालिकालाई उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लगिएकोमा थप उपचारको लागि कीर्तिपुर अस्पताल रिफर गरिएको हो ।
एसिड आक्रमण परेकी खातुन थरकी किशोरीको मुख र छातीमा समस्या देखिएको छ ।
उनको उपचारका लागी संघीय सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छप्कैया–२ निवासी १५ बर्षीय मुस्कान खातुन माथि दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए ।
नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले पीडित छात्राको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेका थिए ।
काठमाडौमा हुने उनको उपचार सांसद यादवकै पहलमा हुनेछ । छात्राको एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको छ ।
घटनामा संलग्न छपकैया निवासी सम्साद मियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न माजिद आलमलाई प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सांसद यादवले छात्रामाथी भएको घटना दुख्द भएको र घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कार्यवाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस