काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १०६६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८९८ र एन्टिजेन विधिबाट १६८ जनामा संक्रमण देखिएको हो । 

यस्तै, आज थप ९३८ जना कोरोना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ ।