काठमाडौं,एजेन्सी - फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा लियोनसँग १-० गोल अन्तरले स्तब्ध भएको हो ।

खेलको ३५ औं मिनेटमा टिनो काडेवेरले गरेको गोल नै लियोनका लागि पर्याप्त बन्यो । पीएसजीले पनि अवसर पाएको थियो तर, सदुपयोग गर्न नसक्दा शिर्षस्थानमा उक्लने मौकाबाट बञ्चित भयो । पराजित पीएसजी २८ अंक जोडेर अंकतालिकको तेस्रो स्थानमा छ भने लियोन २९ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै, खेलमा नेयमारले पनि घाइते भएका छन् । नेयमार इन्जुरी समयमा लियोनका थिगायो मेन्डिसको खराब ट्याकलमा परेका थिए । मेन्डिसलाई भिएआरको सहायतामा रेफ्रीले रातो कार्ड देखाएका थिए ।