रुपन्देही - लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई गरिएको नियुक्ति खारेज गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले आन्दोलनको चेतावनी दिएको छ।

नियुक्ति निर्णय फिर्ता नलिए कात्तिक ९ गतेदेखि संघर्षका कार्यक्रम अघि बढाउने अभियानले जनाएको छ।

सोमबार राजधानीस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै अभियानले डोल्माको नियुक्ति प्रक्रिया, योग्यता र औचित्यमाथि प्रश्न उठाएको हो। अभियानले नियुक्ति तत्काल खारेज गरी प्रतिस्पर्धात्मक र पारदर्शी प्रक्रियाबाट उपाध्यक्ष चयन गर्न सरकारसँग माग गरेको छ।

अभियानका संयोजक सुनिल सिंहले नियुक्तिले देशभक्त नेपाली नागरिकको अपमान भएको दाबी गरे। प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त राष्ट्रसङ्घको महासभामा बुद्धका उपदेश प्रस्तुत गरेर सकारात्मक सन्देश दिएको भए पनि लुम्बिनी विकास कोषको उपाध्यक्षमा डोल्मालाई नियुक्त गर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ थियो।















।