यस्तो थियो संजय र गोविन्दाको मित्रतामा दरार आउनुको कारण
काठमाडौं,एजेन्सी - बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।
तर, आफ्नो खराब बानीका कारण उनले बलिउडमा प्रभाव जमाउन सकेनन् । उनी ड्रग्सको लतमा पनि फसेँ । उनीभन्दा ५ वर्ष पछाडि गोविन्दाले बलिउडमा इन्ट्री मारेका थिए ।
उनी त्यस समयका सबैभन्दा व्यस्त अभिनेता रहेका थिए । अमेरिकामा केही वर्ष रिहाबमा बसेका संजयले बलिउडमा कमव्याक गर्दा गोविन्दा चर्चाको शिखरमा रहेका थिए । उनीहरुले सँगै धेरै फिल्ममा काम पनि गरे ।
तर, उनीहरुबीचको सम्बन्धमा एकाएक दरार आयो । संजय दत्तको अण्डरवल्र्डसँग सम्बन्ध भएका कारण पनि गोविन्दालाई समस्या परेको थियो । विभिन्न विवादमा फसेका संजय दत्तको एउटा टेप रेकर्ड बाहिरियो ।
जहाँ उनले गोविन्दाका कारण फिल्म सुटिङमा समस्या भएको कुरा डन छोटा सकिलसँग गरेका थिए । छोटा सकिलले पनि गोविन्दालाई फोन गरेर धम्काउने प्रयास गरे । त्यो घटनापछि गोविन्दाले संजयसँग कुनै पनि सम्बन्ध नराख्ने प्रण गरे ।
आज पनि संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् ।
फेसबुक पेज Like गर्नुहोस