आज पनि बैठक सुरु हुनासाथ पर्चासहित हर्कले जनाए विरोध
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 31
काठमाडौं - प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृृति पार्टीले विरोध जनाएको छन्।
बैठक सुरु हुनासाथ पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री र मन्त्रीहरुलाई जवाफदेही बनाउन माग गर्दै विरोध जनाएका हुन्।
साम्पाङ संसदमा उठेर प्ले कार्डसहित प्रस्तुत भएका थिए।
सभामुख डोलप्रसाद अर्यालले साम्पाङलाई उक्त विषयमा सचिवालयसँग कुरा गर्ने बताएपछि बैठक अघि बढेको छ ।
सोमबारको बैठकमा पनि पार्टीका अध्यक्ष साम्पाङसहितका सबै सांसदहरूले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चासहित वेल घेराउ गर्दै विरोध जनाएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस