एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
खबर एक्सप्रेस
२०७८-०५-२५ ०१:४० मा प्रकाशित
Total Shares: 263
काठमाडौं - संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको दोस्रो बैठक पनि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक सुरु हुने वितिक्कै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए ।
एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गर्दै आएको छ । यसअघि बसेको पहिलो बैठक पनि एमालेका सांसद्हरुको अवरोधका कारण स्थगित भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस