सुर्खेत - डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जगदुल्ला गाउँपालिका–४ माझगाउँबाट जुम्ला जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप मौरेलेखमा दुर्घटनामा परेको हो।

आइतबार दिउँसो करिब २ बजेतिर जिप अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–८, डोल्पाका ३८ वर्षीय विष्णु थापा रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार जिपमा चालकसहित १४ जना सवार थिए ।

दुर्घटनामा चालकसहित १३ जना घाईते भएका छन्।

घाइतेहरुको उपचारका लागि जुम्ला पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको बारेमा विस्तृत विवरण आउन भने बाँकी छ ।