साफ यू–१८ फुटबल: भुटानसंग हार्यो नेपाल
खबर एक्सप्रेस
२०७६-०६-०५ ११:०० मा प्रकाशित
Total Shares: 509
काठमाडौं - तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ ।
आइतबार भएको खेलमा नेपाल भुटानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।
हारसँगै समूह 'ए' मा रहेको नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । अब नेपालको सेमिफाइनल यात्रा भुटान र माल्दिभ्सबीचको खेलले तय गर्नेछ ।
उक्त खेलमा भुटानले माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरे नेपाल सेमिफाइनल पुग्ने छ । बराबरी र भुटान पराजित भए नेपाल समूह चरणबाट बाहिरिने छ । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।
फेसबुक पेज Like गर्नुहोस