नेविसंघका कार्यकर्ताले जलाए त्रिवि उपकुलपतिको कुर्सी
खबर एक्सप्रेस
२०७७-०३-१० ०४:२५ मा प्रकाशित
Total Shares: 333
काठमाडौं - नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।
बुधबार दिउँसो पुगेको नेविसंघको टोलीले आफ्ना मागबारे वेवास्ता गर्दै अपमानित गरेको भन्दै उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन् । विश्वविद्यालयलाई दलगतभन्दा पनि गुटगट भागबन्डामा लगेर नेकपा कार्यकर्ता भर्ती केन्द्र बनाएकोमा नेविसंघ विरोध गरेको थियो ।
नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस