काठमाडौं - कतारले नेपालसहित १४ देशका नागरिकका लागि प्रवेशमा अस्थायी रोक लगाएको छ ।कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।

कतारी सरकारले सूचना गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको छ ।

कोरोनो भाइरसबाट हालसम्म कतारमा १५ जना संक्रमित भएका छन् ।कतारमा चार लाखभन्दा धेरै नेपाली छन् । विश्वमा कोभिड( १९ (कोरोना भाइरस)को संक्रमण बढ्दै गएपछि सतर्कता अपनाउन कतारले नेपालीसहित १४ मुलुकका नागरिकहरुलाई प्रवेश रोक लगाएको हो । योसँगै ४० हजार नेपाली कामदारको भिसा स्थगित भएको छ।