काठमाडौं,एजेन्सी - यूईएफए नेसन्स लिग फुटबलमा आज दुई बलिया टिम पोर्चुगल र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

लिगको समूह 'सी' मा रहेको क्रोएसियाले घरेलु मैदानमा पोर्चुगलसँग सामना गर्न लागेको हो । खेल नेपाली समयानुसार राति १:३० बजे सुरु हुनेछ ।

दुवै टिम शिर्षस्थानमा रहेर लिगको सेमिफाइनलमा पुग्ने होडबाट बाहिरिसकेका छन् । यसअघि पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्स सेकिफाइनलमा प्रवेश गरिसकेको छ ।

आजै समूहको अर्को खेलमा फ्रान्स र स्विडेनबीच प्रतिस्पर्धा हुँदैछ ।