लिभरपुल बर्नलेसँग आफ्नै मैदानमा पराजित
खबर एक्सप्रेस
२०७७-१०-०९ ०८:१६ मा प्रकाशित
Total Shares: 266
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बर्नलेसँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा लिभरपुल आफ्नै मैदानमा बर्नलेविरुद्ध १-० गोलले स्तब्ध बनेको हो ।
खेलको ८३ औं मिनेटमा बर्नलेका एस्ली बान्र्सले पेनाल्टीमार्फत गरेको गोल नै बर्नलेको जितका लागि निर्णायक गोल हुन पुग्यो । लिभरपुल पछिल्ला ५ खेलमा जितविहिन बनेको छ ।
उसले पछिल्ला ५ खेलमा २ हार र ३ बराबरी खेल्दा तालिकाको चौंथो स्थानमा छ । उसको १९ खेलबाट ३४ अंक छ । यता बर्नलेको १८ खेलबाट १९ अंक रहँदा तालिकाको १६ औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस