काठमाडौं - भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ।
साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः ९भैरवनाथको रथ० तानातान गरी जात्राको सुरुआत गरिन्छ। अब भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ।
काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैलखःमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा रहेको छ। तान्नु अघि भैलखःमा खड्ग, तरवार, निशान राख्ने गर्दछ।

.gif)


