काठमाडौं - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा अहिले बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । 

यस्तै बैठकमा सर्वोच्च फैसलापछि तोडिएको पार्टी एकतापछिको भावी कार्यदिशाबारे समेत छलफल हुनेछ । 

यसअघि हिजोमात्र बसेको बैठकले सरकारसँगै संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग परामर्श गर्ने निर्णय गरेको गरेको थियो ।