मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदहरुको भोलि सनाखत हुने
खबर एक्सप्रेस
२०८०-०६-२६ ०७:३२ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नुपूर्व समर्थन गर्ने प्रदेश सांसदहरुको सनाखत गरिने भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले भोलि शनिबार विहान ८ देखि २ बजेसम्म दुवै पक्षका दाबीकर्तालाई सनाखतका लागि बोलाएका हुन् ।
मुख्यमन्त्रीमा माओवादी इन्द्र आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेका छन् । आङ्बाले कांग्रेसहित चार दलका नेताको समर्थन पेश गरेका छन् भने कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका छन् ।
कोसीमा बहुमत पुर्याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।


.gif)



फेसबुक पेज Like गर्नुहोस