कैलाली - कैलालीको अत्तरियामा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–१ की ३५ वर्षीया सिन्की बोहरा रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख ९५६ नम्बरको बसलेअत्तरिया बसपार्कमा पानी बिक्री गर्दै आएकी बोहरालाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएकी बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।