संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्न बहस सुरु
काठमाडौं - संसद् विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सुरु भएको छ ।
आजै संवैधानिक इजलास गठन गरेर प्रतिनिधिसभा विघटन विरुद्धका रिटमाथि केहिबेर अघिदेखि सुनुवाइ सुरु भएको हो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरेका थिए ।
त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो, जसमाथि बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। बहसकर्तालाई पाँचरपाँच मिनेटको समय दिइएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध कानुन व्यवसायीहरू किर्तीनाथ शर्मा पौडेल, खडकबहादुर शाह, विपिन ढकाल, आभाष पोखरेल, डा पुण्यप्रसाद खतिवडा र शेरबहादुर रोकाया, दलबहादुर धामी, विमल पोखरेल र प्रकाश भूजेलले रिट रिट दिएका छन्।
यस्तै अधिवक्ता प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता किर्तीनाथ शर्मा पौडेल, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खडकबहादुर शाह, डम्बर प्रसाद शिवाकोटी, अधिवक्ता दल बहादुर धामी, अधिवक्ता प्रकाश भूजेल, अधिवक्ता बिपिन ढकाल, आयुष भण्डारी, अधिवक्ता आभाष पोखरेल, ओम प्रकाशजङ्ग शाह, अधिवक्ता विमल पोखरेल, अधिवक्ता डा पुण्यप्रसाद खतिवडा र अधिवक्ता शेरबहादुर रोकायाले अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन संविधानसम्मत नरहेको दाबी गर्दै रिट निवेदन दिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस