सत्तारुढ दलहरुको बैठक बस्दै, रास्वपालाई सरकारमा सहभागी गराउनेबारे छलफल हुने
खबर एक्सप्रेस
२०८०-०१-२० १२:३० मा प्रकाशित
Total Shares: 47
काठमाडौं - सत्तारुढ दलहरुको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ। उपनिर्वाचन सकिएपछि प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउन पहल गरिरहँदा सत्तारुढ दलको बैठक बोलाइएको छ ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले रास्वपालाई सरकारमा ल्याउनका लागि सतारुढ दलहरुसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले गत आइतबार रास्वपासँग यसबारेमा छलफल गरेका थिए भने रास्वपा अध्यक्ष रवि लामिछानेले हिजो मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए ।
रास्वपालाई सरकारमा ल्याउने भएपछि मन्त्रालय बाँडफाँटमा पुन: सत्तारुढ दलहरुको बीचमा नयाँ भागबन्डा गर्नुपर्ने हुन्छ । रास्वपाले सरकारमा सहभागिताको बारेमा शुक्रबार निर्णय लिने बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस