काठमाडौं,एजेन्सी -  युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हात पारेको छ । गएराति भएको  क्वाटरफाइनलको पहिलो लेगमा पीएसजीले डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखलाई उसकै मैदानमा ३-२ले पराजित गरेको हो । 

खेलको तेस्रो मिनेटमा नै नेयमारको पासमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो ।  २८औं मिनेटमा नेयमारकै पासमा मार्किन्हसले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । 

त्यसपछि ३७औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने कोसिस गरे । ६०औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याए । तर, ६८औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को जित दिलाए । 

जितसँगै पीएसजीले च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउनुका साथै गत संस्करणको फाइलमा भोगेको हारको बदलासमेत लिएको छ । पीएसजी गत संस्करणको फाइनलमा बायर्नसँग १–० ले पराजित भएको थियो ।

दोस्रो लेगमा पीएसजी १०ले पराजित भएपनि सेमिफाइनल पुग्नेछ । दोस्रो लेग पीएसजीको मैदानमा १४ अप्रिलमा हुनेछ ।