मधेशका मुख्यमन्त्री यादवले बोलाए सुरक्षा परिषद् बैठक
खबर एक्सप्रेस
२०८२-०७-३० १२:२५ मा प्रकाशित
Total Shares: 88
जनकपुरधाम-मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।
प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक बोलाएका हुन् । गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक जारी छ ।
बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु सहभागी छन् ।
यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि आन्दोलनकारी समूहबाट खतरा रहेको बताएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस