काठमाडौं,एजेन्सी - विश्वका चर्चित पप गायक  जस्टिन बिबरले आफ्नो आधा अनुहार पक्षाघात भएको खुलासा गरेका छन् ।

जस्टिन बिबरले आफू ‘रामसे हन्ट सिन्ड्रोम’बाट पीडित भएको खुलासा गरेका छन्, जसका कारण उनको अनुहार पक्षाघात भएको छ ।

भिडियोमा आफ्नो अवस्थाको बारेमा कुरा गर्दै गायकले भने, ‘तपाईंले देख्न सक्नुहुन्छ, म मेरो एक आँखा झिम्काउन सक्दिनँ । म मेरो अनुहारको यो छेउमा हाँस्न पनि सक्दिन । मेरो शो रद्द हुनुको कारण । यसबाट निराश छु, म उनीहरूलाई भन्न चाहन्छु कि म यस समयमा शारीरिक रूपमा सक्षम छैन । मलाई आशा छ कि तपाईंहरूले बुझ्नुहुनेछ।’ 

उनलाई थाहा छैन कि उनलाई निको हुन कति समय लाग्छ । तर, आराम र थेरापीबाट पूर्ण निको हुनेमा उनी सकारात्मक देखिएका छन् । ‘अहिले, म आराम गर्दैछु र पूर्ण रूपमा निको हुन र सेटमा फर्कने प्रयास गर्दैछु ताकि म जे गर्न जन्मेको हो त्यही गर्न सकूँ,’ उनले भने । यस वर्षको मार्चमा जस्टिन बीबरकी श्रीमती हेलीलाई मस्तिष्कमा रगत जमेको कारण अस्पताल भर्ना गरिएको थियो ।