काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभाव रहेको छ।

देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहने जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

यस्तै, राती भने देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका र मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।