हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्।

शुक्रबार प्रदेशसभा सचिवालय हेटौँडामा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्नो ६ जना मन्त्री बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमत परेका छन् ।

माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले आज प्रस्ताव दर्ता गरेका छन्।

२३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।

११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् ।