कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा
खबर एक्सप्रेस
२०७८-०५-१६ ०४:१३ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले १४ औँ महाधिवेशनमा सभापतिको उमेदवारी घोषणा गरेका हुन् ।
उनले कांग्रेसमा युवा नेतृत्वको खाँचो रहेको बताएका छन् । ‘कांग्रेसलाई अहिले युवा नेतृत्वको खाँचो रहेको छ,’ गुरुङले भने, ‘कैयौँ देशमा मभन्दा कान्छो व्यक्ति नेतृत्वमा पुगेका छन् । बीपी कोइराला ३९ वर्षको उमेरमा कांग्रेसको नेतृत्वमा पुग्नुभएको थियो ।’
फेसबुक पेज Like गर्नुहोस